भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी शाहलाई तीन वर्ष जेल सजाय



काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय भएको छ । भ्रष्टाचार आरोपमा दोषी ठहर भएका शाहलाई विशेष अदालतले बुधबार तीन वर्ष कैद सजाय निर्धारण गरेको हो ।

यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाह दोषी ठहर भएका थिए । पुस ११ गते विशेष अदालतले पूर्व डीआईजी शाहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित ४ जनालाई हानी नोक्सानी सम्बन्धी भ्रष्टाचारमा दोषी ठहर गरेको हो ।

प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा २०७२ सालमा उनले नक्कली नाम बनाएर कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा चार वर्ष अघि २०७६ साल फागुन २० गते भ्रष्टाचारको मुद्दा दायर भएको थियो । उक्त प्रकरणमा लेखापाल एवम् पूर्व प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरुलाई पनि विशेष अदालले दोषी ठहर गरेको थियो ।

२०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म तालिम केन्द्रको समादेशक बनेका उनले तालिमे जवानको तलबमा हिनामिना गरेको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो । अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको जनाइएको छ । शाह साहित्यकार पनि हुन् ।

उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र ‘भुइँखाट’ कथा सङ्ग्रह प्रकाशित छन् । उनको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि उनले विसं २०६३ को मदन पुरस्कार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु परिवर्तनजन्य क्षतिबापत आर्थिक सहायतालाई पहल गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पुगेको क्षतिबापत आर्थिक सहायता प्राप्त

आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले नेपालको कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच पुगेको दाबी गरेको

राष्ट्रपति पौडेल संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै LIVE

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक

गिरिबन्धु टि–स्टेटको जग्गा सट्टापट्टा नीतिगत तहमा हुने भ्रष्टाचारको एउटा नमूना हो, संलग्नमाथि कारबाही हुनुपर्छः महामन्त्री थापा

गगन थापा । गिरिबन्धु टि–स्टेटको जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा तत्कालीन मन्त्रिपरिषदले २०७८ वैशाख