महिला लिग फुटबलमा चन्द्रपुर र बागमतीबीचको खेल बराबरी



 

काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका र बागमती युवा क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयका आइतबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडे । यो खेलसँगै चन्द्रपुरले चार खेलमा ६ अङ्क जोडेको छ । चन्द्रपुर अङ्क तालिकाको छैटौँ स्थानमा रह्यो ।

त्यसैगरी, बागमती पाँच खेलबाट चार अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा उक्लिएको छ । खेल अवधिभर दुवै टोलीका खेलाडी गोल गर्न सङ्घर्षरत रहेका थिए । तर सफल भने हुन सकेनन् ।

त्यसैगरी, आजै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । जितसँगै एपिएफ पाँच खेलबाट १३ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो । कर्णालीको भने यो लगातार चौथो हार हो । पाँच खेलबाट एक अङ्क मात्र जोडेको कर्णाली तालिकाको नवौँ स्थानमा यथावत् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौँ  । वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा

काभा भलिबलमा नेपाल विजयी

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ

विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुँदै

काठमाडौं ।  मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने

साफ महिला च्याम्पियनशिप फुटलबको तयारी पूरा

काठमाडौँ ।  नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल