पक्राउ परे त्रिमूल नेपाल पार्टी खोलेका राजनीतिक विश्लेषक भरत दाहाल


काठमाडाैं । पछिल्लो समय त्रिमूल नेपाल पार्टी खोलेर राजनीतिक सक्रियता बढाएका भरत दाहाल पक्राउ परेका छन्। मोरङको बेलबारीबाट उनी पक्राउ परेका हुन् ।

राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका दाहाल सुन्दरहरैचा-८ सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ परेका हुन्। मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार त्यहाँ दाहालविरुद्ध कुनै उजुरी छैन । 

साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको कटवालले बताए । मोरङ प्रहरीले उनलाई काठमाडाैं पठाउने तयारी गरेको छ । पछिल्लाे समय उनी बालन सरकारको प्रखर आलोचक थिए ।

उनीविरुद्ध साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरीको भनाइ छ । त्रिमूल नेपाल पार्टीले अध्यक्ष दाहाल पक्राउको विरोध गरेको छ ।