मछिन्द्रद्वारा शेर्पा पराजित



काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले दुई गोल गरे भने विमल घर्तीमगरले एक गोल थपे ।

यता हिमालयन शेर्पाका लागि पिस्टोन मुटुम्बाले एक गोल फर्काए । खेलको २६औँ मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । उनले पुजन उपरकोटीको क्रसमा हेडरमार्फत उत्कृष्ट गोल गरे । त्यस्तै खेलको ६८औँ मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ७७औँ मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए । हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो ।

जसको सदुपयोग आलावालेले गरे । त्यसपछि खेलको ९०औँ मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत एक गोल फर्काए । यस जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको हो । पराजित हिमालयन शेर्पाले २५ खेलमा ३१ अङ्क जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लखनउलाई पराजित गर्दै कोलकाता आइपीएलको शीर्ष स्थानमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको

पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६