पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड



कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सो अवार्ड प्रदान गर्न लागिएको हो । उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिनेछ ।

प्रतिभा छनोट समितिको सिफारिस अनुसार मल्ललाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष दिननाथ बरालले बताए । आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ यही वैशाख २८ गते पोखरा सभागृहमा हुँदैछ ।

यस अगाडि यस अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्याप्रसाद मर्सानी सम्मानित भइसकेका छन् । एथ्लेटिक्सकी मल्ल कहिल्यै नथाक्ने खेलाडीका रुपमा परिचित छिन् । उनी ४० वर्षदेखि खेलकुद क्षेत्रमा सक्रिय छिन् ।

विसं २०२४ मा भारतको अम्बला केन्ट पञ्जावमा बुबा स्व टीकाबहादुर मल्ल र आमा लक्ष्मीकुमारीको कोखबाट जन्मिएकी ईन्द्रा सानैदेखि खेलकुदप्रति रुचि राख्थिन् । आफ्नो समयको उम्दा खेलाडी ईन्द्राले दर्जनौँं पदक जितेकी छन् ।

उनले एथलेटिक्समा राष्ट्रिय किर्तिमानी पनि बनाएकी छन् । बुबा र मामाको प्रेरणाले क्याम्पस जीवनमै खेलकुद सुरु गरेकी थिइन् । उनी एथ्लेटिक्ससहित भलिबल, बास्केटबल, टेबलटेनिस लगायतका खेल खेल्थिन्, तर उनको विशेष रुचि एथ्लेटिक्समा थियो ।

मल्ल एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडमा सधँै प्रथम भइन् । एक हजार पाँच सय मिटर, तीन हजार मिटर, पाँच हजार मिटर र १० हजार मिटरको समेत धाविका बनिन् ।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घ संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार नगद प्रदान गरिने मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ