तिलोत्तमा गोल्डकपमा थ्री स्टार सेमिफाइनलमा



बुटवल । तिलोत्तमा गोल्डकपमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको आइतबारको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई एक शून्य गोलले पराजित गरेको हो  । यो जितसँगै थ्री स्टार समेमिफाइनलमा प्रवेश गरेको छ ।

सेपमफाइनलमा थ्रीस्टार र सुदूरपश्चिमका बीचमा भिडन्त हुने छ । दोस्रो हाफको ३८ औं मिनेटमा थ्री स्टारका खेलाडी दीपेश गुरुङले गरेको गोल नै निणर्यक बनेको थियो। खेलमा थ्रीस्टारका २४ नम्बर जसीका खेलाडी पिटरले पहेँलो कार्ड पाएका थिए ।

एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने संघले जनाएको छ। गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । सोमबारको खेल विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र फ्रेण्ड्स क्लब बीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ