नागरिक उड्डयनलाई फुटसल उपाधि



काठमाडौं । नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३ औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) द्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

नागरिक उड्डयन ‘ए’ को जितमा सुमित पराजुली र सुजन भारतीले समान १–१ गोल गरे । यता आयल निमग ‘बी’ का लागि भने राम विश्वकर्माले १ गोल फर्काए ।

भृकुटीमण्डपमा भएको फुटसलमा उपाधि विजेतालाई २५ हजार तथा उपविजेता टोलीलाई १५ हजार पुरस्कार प्रदान गरिने आयोजक पेस्डानका उपमहासचिव रहेका फुटसल संयोजक प्रशान्तबहादुर श्रेष्ठले जानकारी दिए । दुईदिने फुटसल प्रतियोगितामा विभिन्न १४ टोलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि

नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन