सन्दीप राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा



काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश भएका छन् । बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई कप्तानसहित टिमबाट पनि निलम्बन गरेको थियो ।

उच्च अदालत पाटनको आदेशपछि रिहा भएका सन्दीपको निलम्बन पोखरामा बसेको क्यानको बोर्ड बैठकले फुकुवा गरेको थियो । सोही निर्णय अनुसार उनी नेपाली टिममा फर्किएका क्यानले जनाएको छ ।

टोलीमा सन्दीप लामिछानेसँगै कप्तान रोहित पौडेल कुशल भुर्तेल आसिफ शेख ज्ञानेन्द्र मल्ल कुशल मल्ल आरिफ शेख दीपेन्द्र सिंह ऐरी गुलशन झा करण केसी सन्दीप लामिछाने ललित राजवंशी सन्दीप जोरा भिम शार्की कमल सिंह ऐरी किशोर महतो मौसम ढकाल सूर्य तामाङ सोमपाल कामी र अर्जुन साउद छन् । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु