तेक्वान्दोमा रोशनलाई स्वर्ण



काठमाडौं । आयोजक जैशीदेवल युथ क्लब ‘बी’ का रोशन तामाङले तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पुरुष १५–२८ केजी फाइनल खेलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे । भक्तपुरका सोबराज तामाङ र नागर्जुन नगरपालिकाका युवराज फुयाँल तेस्रो भए ।

महिला २३–२६ केजीमा भक्तपुरकी जेनी जोशी पहिलो भइन् । जेनीले फाइनलमा बाह्रविसे नगरपालिकाकी इभाना श्रेष्ठलाई हराइन् । गोदावरी नगरपालिकाकी सन्दना घिमिरे र आयोजक ‘ए’ की सुप्रिया जोशी तेस्रो बने ।

पुरुष ३१–३४ केजीमा काठमाडौँ महानगरपालिकाका रोहन भुजेलले फाइनलमा तारकेश्वर नगरपालिकाका रोजन घलेलाई पाखा लगाउँदै स्वर्ण जिते । मध्यपुर नगरपालिकाका सुमन मोक्तान र बाह्रविसेका मनीष थापाले कास्य हात पारे ।

पुरुष एकल पुम्सेमा गोदावरीका नीरव महर्जन पहिलो, महालक्ष्मी नगरपालिकाका आयुश मोटे दोस्रो तथा निलकण्ठ नगरपालिकाका समीर तामाङ र ललितपुर महानगरपालिकाका विलबराज क्षेत्री तेस्रो भए ।

उक्त स्पर्धाको महिलामा बूढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा पहिलो, गोदावरीकी सरगम थापा दोस्रो तथा तार्केश्वरकी कुन्जिता गुरुङ र निलकण्ठकी सुवानी तामाङ तेस्रो भए । प्रतियोगितामा विभिन्न २० स्पर्धामा तीन सय खेलाडीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जानकारी दिए । प्रतियोगिता भोलि शनिबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि

एशिया कप ट्रायथलनमा इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की । पोखरामा शनिबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज

नेपालसामु २०५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगितामा नेपाललाई वेस्ट