पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा



काठमाडौं र दक्षिण कोरिया कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । शुक्रबार समूह चरणको अन्तिम खेलमा उपाधि दाबेदार मानिएको पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनाएको हो । दक्षिण कोरिया समूह ’एच’ को उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो। उसले तीन खेलमा चार अंक जोड्यो ।

यसअघि कोरियाले समूह चरणको पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा घानाविरुद्ध ३–२ गोलको हार बेहोरेको थियो ।

आज एजुकेसन सिटी स्टेडियममा कोरियालाई जिताउन किम योङ अन र ह्वान ही–चनले एक–एक गोल गरे । पोर्चुगलका लागि रिकार्डो होर्तले एक गोल गरे । खेलको पाँचौं मिनेटमा रिकार्डो होर्तले गोल गरेपछि पोर्चुगलले अग्रता बनाएको थियो। उनले डालोटको पासमा गोल गरेका थिए ।

खेलको २७औं मिनेटमा किम योङ अनले गोल गरेपछि कोरिया बराबरीमा फर्कियो । खेलको इन्ज्युरी समयमा ही–चनले गोल गरेपछि कोरियाले २–१ गोलको जित निकाल्यो । पोर्चुगल एक खेलअगावै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । तीन खेलमा सात अंक जोडेको पोर्चुगल समूह विजेता बन्यो ।

आजै भएको अर्को खेलमा उरुग्वेले घानामाथि २–० गोलको जित निकाल्यो। तर ऊ विश्वकपको अन्तिम १६ मा पुग्न सकेन । तीन खेलमा चार अंक जोडे पनि गोलान्तरको आधारमा कोरियाभन्दा पछि परेपछि उरुग्वे बाहिरिएको हो ।

पोर्चुगलले आठौं पटक विश्वकप खेलिरहेको छ। उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् १९६६ मा तेस्रो भएको पोर्चुगलले त्यसयता उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि

नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन