एसियन कप खेल्ने नेपालको सपना अधुरै



काठमाडौं । बलियो टोली हङकङसँग बराबरी खेलेपछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ ।  उज्वेकिस्तानमा मंगलबार भएको दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो ।

दुई खेलबाट १ अंक जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले हङकङलाई दबाब दिएर खेले पनि पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेन ।

नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपालले नतिजा सुम्पिएको थियो । सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० ले पराजित भएको थियो भने १९८९ मा भएको दोस्रो भेटमा ३–० ले पराजित भएको थियो ।

छनोटको पहिलो खेलमा नेपालले सुरुवाती अग्रता अन्तिम मिनेटमा कायम राख्न नसक्दा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । उक्त खेलमा नेपालविरुद्ध फिलिपिन्सले बराबरी र इन्जुरी समयमा दोस्रो गोल गर्दै रोमाञ्चक जित निकालेको थियो ।

नेपालसँग बराबरीमा रोकियो छनोट हुने सम्भावना भने अझै कायमै छ । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ । उक्त खेलमा हङकङले सुखद नतिजा निकाले हङकङको अघिल्लो चरणको यात्रा तय हुनेछ भने पराजित भएको खण्डमा फिलिपिन्स अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागि हुने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ मूलपानी क्रिकेट मैदानको नयाँ डिजाइन

काठमाडौं । मूलपानी क्रिकेट मैदानको डिजाइन युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ

पोखराको सहारा क्लबलाई यस वर्षको उत्कृष्ट खेलकुद सङ्घको अवार्ड प्रदान गरिने

  कास्की ।  फुटबल एकेडेमी र प्रतियोगिता सञ्चालन गरी फुटबल खेल विकासमा क्रियाशील

लखनउलाई पराजित गर्दै कोलकाता आइपीएलको शीर्ष स्थानमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको

पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान