साफ च्याम्पियनसिप आयोजना गर्न १० करोड रुपैयाँ लाग्ने



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न १० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । एन्फा कार्यसमितिको शुक्रबार ललितपुरस्थित एन्फा मुख्यालयमा बसेको आकस्मिक बैठकले सो सम्बन्धी विस्तृत प्रस्ताव दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा अनुरोध गर्ने निर्णय गरेको हो ।

त्यसमध्ये ५ करोड रुपैयाँ नेपाल सरकारबाट प्राप्त हुने जनाउँदै एन्फाले मन्त्रीस्तरीय निर्णयबाट स्रोत सुनिश्चित भइसकेको स्पष्ट पारेको छ। साफ च्याम्पियनसिप आगामी अक्टोबरको पहिलो हप्ता आयोजना हुँदैछ ।

त्यस्तै बैठकले एएफसी वुमन एसियन कप इन्डिया २०२२ को क्वालिफायर अघि इरानको टोलीसँग मैत्रीपूर्ण खेलका लागि पत्राचार भएकोले महिला राष्ट्रिय टोलीलाई तयार पार्ने निर्णय पनि गरेको छ । एन्फाले साफ च्याम्पियनसिपको तयारीमा रहेको पुरुष राष्ट्रिय टोलीलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेलका लागि पत्राचार भएकोले ती देशहरूसँगको खेलमा सहभागी हुने जनाएको छ ।

यस्तै, बैठकले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि मुख्य प्रशिक्षकले लगाएको आरोपबारे छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ