नेपाललाई साफ च्याम्पियनशिप आयोजना गर्न प्रस्ताव



काठमाडौं । दक्षिण एशियाली फुटबल महासङ्घले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई साफ च्याम्पियनशिप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ ।

नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनशिप गर्न एन्फालाई महासङ्घले पत्र पठाएको हो । साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनशिप आयोजनका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ । यसअघि नेपालले साफ च्याम्पियनशिपका लागि महासङ्घलाई प्रस्ताव पठाएको थियो ।

बङ्गलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनशिप कोरोना महामारीका कारण हुन सकेको थिएन । बङ्गलादेशले प्रतियोगिता आयोजना गर्नबाट हात झिकेपछि नेपालले इच्छा देखाएको हो । नेपालले यसअघि सन् १९९७ तथा सन् २०१३ मा साफ च्याम्पियनशिप आयोजना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १७३ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले