नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १७३ रनको लक्ष्य



काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एविरुद्ध जितका लागि १७३ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजएले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनायो ।
वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । त्यस्तै, कप्तान रोस्ट चेसले ३३ रन, ओपनर जोनसन चार्ल्सले २४ रन तथा म्याथ्यु फोर्डेले २३ रनको हिर्काए ।

टस हारी पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन–तीन विकेट लिए ।
वेस्ट इन्डिजएले ३–१ ले शृंखला आफ्नो पक्षमा पारिसकेको छ । नेपाल श्रंखलाको सुखद अन्त्य गर्न चाहान्छ ।
नेपाल केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन खेलकुदमन्त्री श्रेष्ठको निर्देशन

  कर्णाली । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका

भलिबल खेलाडीलाई सेनाको सहयोग

  महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको

बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम ललितपुर मेयरकप क्रिकेटको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा