ब्राजिलसँग पेरु ४-० गोलले पराजित



कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा आयोजक ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गरेको हो ।

ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो  र रिचार्लिसनले एक(एक गोल गरे। खेलको १२ मिनेटमा ब्राजिलले अग्रता लिएको थियो। ब्राजिलका लागि एलेक्स सान्द्रोले पहिलो गोल गरे।

सान्द्रोले गाब्रियल जेससले उपलब्ध गराएको पासमा गोल गरे। लगत्तै फाबिन्होले पाएको अवसर खेर फालेका थिए। खेलको ६३ मिनेटमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिने निर्णय गरेका थिए। पेरुका तापइले नेइमारलाई लगाएपछि ब्राजिललाई पेनाल्टी दिइएको थियो। तर रेफ्रीले सहायक रेफ्रीसँग छलफल गरेपछि भिएआरको सहायता लिने निर्णय गरे।

भिएआरमार्फत पेनाल्टीको निर्णय उल्टाइएको थियो। ६८ मिनेटमा ब्रालिलले अग्रता दोब्बर पारे। नेइमारले डिबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए। फ्रेडले उपलब्ध गराएको पासमा नेइमारले २० यार्ड टाढाबाट आकर्षक गोल गरे।

७३ मिनेटमा नेइमारको प्रहारलाई पेरुका गोलकिपरले विफल पारेका थिए। ८५ मिनेटमा नेइमारको अर्को प्रहारमा फेरि पेरुका गोलकिपर बाधक बने।  खेलको ८९ मिनेटमा ब्राजिलले तेस्रो गोल गरे। रिचार्लीसनको पासमा एभर्टन रिबेइरोले गोल गरे। उनले ब्राजिलका लागि पहिलो  अन्तर्राष्ट्रिय गोल गरेका हुन्।

दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रिचार्लीसनले ब्राजिलका लागि चौथो गोल गरे। फिर्मिनोको प्रहारलाई पेरुका गोलकिपरले फर्काएका थिए। रिबाउन्डमा रिचार्लीसनले गोल गरे।

समूह  बी मा लगातार दोस्रो खेलमा जित हात पारेसँगै ब्राजिलले ६ अंक जोडेको छ। दोस्रो स्थानको कोलम्बियाको ४ अंक छ। शुक्रबार विहान भएको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेले। यसअघि ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोलले हराएको थियो। अब ब्राजिलले समूहको तेस्रो खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ