स्पेनिस लिगमा बार्सिलोनालाई हराउँदै मड्रिड शीर्ष स्थानमा



स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले बार्सिलोनालाई २–१ ले हराएको छ ।

आफ्नै मैदानमा गएराति भएको ‘एल क्लासिको’ जित्दै रियाल मड्रिड ला लिगा अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । लिगमा ३० खेलबाट रियालको ६६ अंक भएको छ भने एक खेल कम खेलेको एथ्लेटिको मड्रिड समान ६६ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।

६५ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । गएराति बार्सिलोना विरुद्धको कठिन खेलमा रियाल मड्रिडका करिम बेन्जमा र टोनि क्रुशले एक एक गोल गरे  पराजित टोली बार्साका ओस्कर मिन्गुएजाले एक गोल फर्काए । खेलको अन्तिम मनिेटमा रियालका कासेमिरो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो ।

ला लिगाकै अन्य खेलहरुमा लेभान्तेले आइबार तथा काडिजले गेटाफेलाई १–० ले हराएका छन् । एथ्लेटिक बिल्बाओ र डेपोर्टीभो आलाभेजले गोलरहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ