लापोर्टा बार्सिलोनाको अध्यक्षमा निर्वाचित



स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाको अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ५४ प्रतिशत भोट प्राप्त गर्दै लापोर्टा बार्सिलोनाको अध्यक्ष बनेका हुन् । गत अक्टोबरमा जोसेप बार्तामेउले राजीनामा दिएपछि अध्यक्ष पद खाली थियो ।

लापोर्टा दोस्रो पटक क्लबको अध्यक्ष बनेका हुन्। यसअघि सन् २००३ देखि २०१० मा उनी अध्यक्ष थिए । अध्यक्षको प्रतिस्पर्धामा रहेका भिक्टर फन्टले ३० प्रतिशत भोट पाएर दोस्रो हुँदा टोनी फ्रेइक्सा तेस्रो भए ।

बार्सिलोनाको १ लाख ९ हजार ५ सय ३१ भोट मध्ये ५५ हजार ६ सय ११ सदस्यले भोट गरेका थिए । लापोर्टाको अघिल्लो कार्यकालमा रोनाल्डिन्हो, स्यामुइल इटो जस्ता खेलाडी बार्सिलोनामा भित्रिएका थिए । लापोर्टा अध्यक्ष निर्वाचित भए लिओनल मेसीले सिजनको अन्त्यबाट क्लब नछाड्ने विश्वास गरिँदै आइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ