म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो



फुलहमलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ । गएराति फुल्हमको मैदानमा भएको खेल म्यान्चेस्टर युनाईटेडले २–१ ले जित्यो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन फ्रेन्च खेलाडी पउल पोग्बाले ६५ औं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि खेलको पाचौं मिनेटमै एडेमोला लुकम्यानको गोलमार्फत फुल्हमले अग्रता लिएपनि म्यान्चेस्टरका एडिन्सन काभानीले गोल गर्दै खेल बराबरी गरेका थिए । पाोग्बाको गोलपछि म्यानचेस्टर युनाईटेड पुनः प्रिमियर लिगको शिर्ष स्थानमा फर्किएको छ ।

१९ खेलबाट उसको ४० अंक भएको छ । १८ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ । गएरातीको खेलमा सिटीले एस्टन भिल्लामाथि २–० को जित निकाल्यो । सिटीका लागि बर्नार्डो सिल्भा र इके गुन्डोगानले एक एक गोल गरे ।

प्रिमियर लिगमा १९ खेलबाट ३८ अंक जोडेको लेष्टर सिटी गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ भने चोथो स्थानको लिभरपुलको ३४ अंक छ । लिभरपुलले आज राती बर्न्लेसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ