धनगढी क्रिकेट एकेडेमी र सगरमाथा सिमेन्टबीच सम्झौता



सुदूरपश्चिम । धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सगरमाथा सिमेन्टबीच एकेडेमीको स्तरोन्नति तथा क्रिकेट विकासमा सहकार्य गर्न तीन वर्षका लागि पुनःप्रायोजन सहयोग सम्झौता गरिएको छ ।

घोराही सिमेन्ट उद्योगका तर्फबाट ‘मार्केटिङ’ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार तीन वर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यकपर्ने खेल सामग्री, आयोजना गर्ने प्रतियोगिता, ‘ग्रास रुट’ कार्यक्रमलगायत सम्पूर्ण कार्यलाई सगरमाथा सिमेन्टले सहयोग गर्नेछ ।

यस्तै धनगढी क्रिकेट एकेडेमीले प्रयोग गर्ने जर्सी, आयोजना गर्ने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गरिने जनाइएको छ । नेपाली क्रिकेटलाई ‘फ्रेन्चाइजी’ युगमा प्रवेश गराउँदै देशमा पहिलो पटक धनगढीबाट व्यावसायिक क्रिकेट प्रतियोगिता सञ्चालन गरेको डिसिएले यसअघि ‘धनगढी प्रिमियर लिग’(डिपिएल)का तीन संस्करण पूरा गरिसकेको छ ।

धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउन सगरमाथा सिमेन्टको योगदान महत्वपूर्ण रहेको एकेडेमीका अध्यक्ष शाहीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लखनउलाई पराजित गर्दै कोलकाता आइपीएलको शीर्ष स्थानमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको

पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६