एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् ।

बङ्गलादेशसंँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए ।

विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशी एक वर्षपछि बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । एक वर्षअघि तीनै खेलाडी एन्फाको अनुशासनको कारबाहीमा परेका थिए ।

बन्द प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चालन गरिने प्रशिक्षक महर्जनले बताए । सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा आयोजना हुने एएफसी एशियन कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीमा गोलकिपरतर्फ विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, किरणकुमार लिम्बू, विकेश कुथु, अर्पण कार्की र देव लिम्बू, डिफेन्डरतर्फ सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ. निशान खड्का, छिरिङ गुरुङ, दिनेश, रञ्जदीप पौडेल, सुरज विक, आशिष गुरुङ, रोहित चन्द र दिलेन मोक्तान छन् ।

यसैगरी मिडफिल्डरतर्फ अशोक थापा, सुवास गुरुङ, दीपेश आले मगर, तेज तामाङ, सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्छेन तामाङ, सन्तोष, सुनिल बल, हेमन्त थापा मगर, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, रवि पासवान, पुजन उपरकोटी र त्रिदेव गुरुङ तथा फरवार्डतर्फ राजेश परियार, विमल राना, अञ्जन विष्ट, विमल, अभिषेक रिजाल, रेजिन सुब्बा, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ, भरत खवास, नवयुग श्रेष्ठ र दर्शन गुरुङलाई बन्द प्रशिक्षणमा बोलाइएको एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १७३ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज