युभेन्टसद्वारा इटालियन सिरी ‘ए’ मा विजय सुरुवात



डिफेन्डिङ च्याम्पियन युभेन्टसले विजय सुरुवात गरेको छ । युभेन्टसले इटालियन सिरी ‘ए’ मा विजय सुरुवात गरेको हो ।

आइतबार राति भएको खेलमा युभेन्टस्ले साम्पडोरियालाइ ३–० को फराकिलो अन्तले हराउँदै सहज जित हात पारेको छ ।
एलिएन्ज एरिना टुरिनमा भएको खेलमा युभेन्टसका लागि डिजान कुलुसेभ्स्की, लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफमा १ गोल गरेको युभेन्ट्स्ले दोस्रो हाफमा २ गोल थप्यो। खेलको १३औं मिनेटमा डिजान कुलुसेभ्स्कीले गोल गर्दै टोलीलाइ अग्रता दिलाएका थिए ।

युभेन्टसले खेलको ७९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पार्यो। वेस्टन म्याकिनीले गरेको प्रहारलाई गोलरक्षक इमिल ओउडेरोले बचाएपनि रिबाउन्डमा आएको बललाइ लियोनार्दो बोनुचीले जाली चुमाएका थिए । खेलको ८८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल ३–० को स्थितीमा पुर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि

एशिया कप ट्रायथलनमा इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की । पोखरामा शनिबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज