उपत्यकामा दिउँसै सुनको सिक्री लुटपाट गर्ने चारजना पक्राउ



 

काठमाडौँ ।  महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बागबजार घर भइ सितापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगन्ज घर भइ हाल क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी छन् । साथै अन्य दुई जना भारतीय नागरिकहरु पश्चिम बङ्गालका ४७ वर्षीय शक्ति भौमिक र महाराष्ट्र राज्य सोलापुरका ३० वर्षीय सचिन गाड्वे रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए  ।

रेग्मीका अनुसार गत भदौ २५ गते उनीहरुले कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे पाँचखालकि अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी दुई तोलाको लकेटसहितको सिक्री लुटपाट गरेका थिए ।

अनुसन्धानका क्रममा काठमाडौँ महानगरपालिका–२८ बागबजार घर भई हाल सीतापाइला बस्ने ४४ वर्षी सुरज गुरुङ समेतका मानिसहरुको संलग्नता रहेको भन्ने खुल्न आएपछि निजहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसीका सामानहरुसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

जनकपुरधाम । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन

भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध कायम

  चितवन । चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको

सहकारीपीडितको न्यायका लागि कांग्रेसले सडक आन्दोलन सुरु गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

सल्लेरी (सोलुखुम्बु) ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका