सहकारीपीडितको न्यायका लागि कांग्रेसले सडक आन्दोलन सुरु गर्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने माग लिएर सडकमा निस्कने भएको छ ।

बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो । प्रथम चरणमा कांग्रेसले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

त्यसपछि सहकारी प्रकरणमा प्रभावित शहरहरू पोखरा, चितवन, रुपन्देही र अन्य शहरमा आन्दोलन गर्ने भएको हो । कांग्रे केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउनुको सट्टा अधिनायकवादतर्फ उन्मुख भएकाले आफूहरु सडक आन्दोलनमा जानु परेको बताइन् ।

उनले संसदीय छानबिन समिति गठन र सहकारी पीडितले न्याय नपाएसम्म आन्दोलन राख्ने बताइन् । यसअघि कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले प्रदर्शन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब

पेट्रोलमा तीन तथा डजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि

गण्डकी प्रदेश सरकारद्वारा ३२ अर्ब ९७ करोडको बजेट प्रस्तुत

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम