काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानको आर्थिक पारदर्शिता, प्रशासनिक सुधार तथा स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धिमा जोड दिएकी छन् ।
मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक परिषद्को ४८औँ सभामा उनले यस्तो बताएकी हुन् । उनले एमआरआई सेवा खरिद प्रक्रिया शीघ्र सम्पन्न गर्न, निर्माणाधीन मातृशिशु भवनको निर्माण तथा सेवा सञ्चालनलाई प्राथमिकता दिन र चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेकी छन् ।
त्यस्तै, कोशी र मधेश प्रदेशका स्वास्थ्य संस्थासँग सहकार्य र समन्वय विस्तार गरी प्रतिष्ठानको सेवा पहुँच बढाउनुपर्नेमा उनले जोड दिइन् । सभाबाट भएका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट जिम्मेवारी र समयसीमा निर्धारण गरी संस्थागत जवाफदेहिता सुनिश्चित गर्नुपर्ने मन्त्री मेहताको भनाइ थियो।

प्रतिक्रिया