भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने



मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा बायो ग्यास उत्पादन गरिने भएको छ। आगामी असोजको अन्तिम साताबाट कारागारबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गरिने कारागार प्रशासनले जनाएको छ।

यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको छ। भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्यसहित काम अघि बढाइएको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०/८१ का लागि ३० लाख अनुदान रकम उपलब्ध गराइएको छ।

बायो ग्यास उत्पादन गर्ने क्रममा विभिन्न उपकरणको खरिद गरी जडान गर्न सो अनुदान रकम खर्च गरिने कारागारका जेलर पौडेलले जानकारी दिए।

कारागारबाट निस्कने फोहर सिधै भूमिगत पाइपबाट भीमफेदीका विभिन्न खोलामा मिसाउने गरिएको थियो। कारागारमा उत्पादन हुने वायु ग्यास कारागारमै खपत गरिनेछ। भीमफेदी कारागारमा हाल एक हजार ७० जना कैदीबन्दी छन्। तीमध्ये ३१ जना महिला  छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी

पिस कोरका उपनिर्देशक डेभिड ह्वाइट नेपाल भ्रमणमा

    काठमाडौँ ।  पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच

सफाइ पाएपछि सन्दीपले भने-खेलमार्फत राष्ट्रका लागि थप योगदान दिन्छु

काठमाडौँ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएपछि समर्थकले

बलात्कार मुद्दामा सन्दीपलाई सफाइ

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ