सफाइ पाएपछि सन्दीपले भने-खेलमार्फत राष्ट्रका लागि थप योगदान दिन्छु



काठमाडौँ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएपछि समर्थकले खुसीयाली मनाएका छन् । बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएपछि समर्थकले नाराजुलुस गर्दै खुसीयाली मनाएका हुन् ।

सफाइ पाएपछि समर्थकहरुलाई सम्बोधन गर्दै सन्दीपले आफूलाई न्याय दिएकोमा न्यायमूर्तिहरुप्रति आभारी रहेको बताए । उनले न्यायालयप्रति निरन्तर र अटल विश्वास रहने बताए ।

उनले उनले आफ्नो निर्दोषितामा विश्वास गरेर साथ दिने शुभचिन्तकहरुलाई पनि धन्यवाद दिए । सन्दीपले समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने मेरो अठोट गरेका छन् । गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटलमा लगेर बलात्कार गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यस विरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न क्रिकेटप्रेमीलाई सन्दीपको आग्रह

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न

गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०ः३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन

बेनी–जोमसोम–कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

म्याग्दी । आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक

पाउलान् त गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत ?

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् ।