८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिकासम्म निर्यात



बेनी ।  म्याग्दीको मङ्गला गाउँपालिका–१, भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुन सामाजिक कार्य सँगसँगै आयआर्जनका काममा पनि सक्रिय छिन्।बुनाइसम्बन्धी सीपलाई व्यावसायिक बनाएकी उनले बुनेका गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेका छन्।

परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाएकी पुनले हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्विटरलगायत कपडा बुन्छिन्।आफूले उत्पादन गरेका गलैँचा अमेरिकामा समेत निर्यात हुने गरेको उनले जानकारी दिइन्। ‘अमेरिकाबाट गलैँचा बुनिदिन धेरैले फोनमा खबर गर्नुहुन्छ, स्वदेश आएको समयमा यहाँ आएर उपहारका रूपमा गलैँचा लैजाने गर्छन्’, उनले भनिन्।

एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई रु सात हजारसम्ममा बिक्री हुने गरेको पुनले बताइन्। फुर्सदको समयलाई बुनाइमा लगाइरहेकी उनले यही पेसाबाट जीविकोपार्जन गरिरहेकी छन्। गलैँचा बिक्री गरेरै एक तोला सुन खरिद गरेर गरगहना बनाएको पुनले सुनाइन्। ‘मेरो अरु स्रोत छैन, आफ्नै मेहनतले जीवन चलाएको छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेकी छु’, उनले भनिन्।

झोला, गलबन्दी, स्विटरलगायतका सामान घरगाउँमै बिक्री हुने गरेका छन्। गलैँचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने पुनको भनाइ छ। तानमा धागो बुनेर परम्परागत सीप र प्रविधिमार्फत बनाइने गलैँचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो।

उनले आफ्नो सीपको व्यावसायीकरणसँगै स्थानीय आमा समूहको समेत नेतृत्व गरिरहेकी छन्। समाजमा ज्येष्ठ नागरिकले पनि सामाजिक सङ्घसंस्थाको नेतृत्व नै गर्न सक्छन् भन्ने उदाहरण पुन बनेकी छन्। विसं २०५२ मा स्थापना भएको गोदावारी आमा समूहलाई उनले २८ वर्षदेखि नेतृत्व गरिरहेकी छन्।

गाउँमै भए पनि आमा समूहको पक्की भवन निर्माण गर्ने, समूहकै तरकारी खेती गर्ने, पुर्ख्याैली पेसा संरक्षणमा अगुवाइ गर्ने उनको हिम्मत अनुशरणयोग्य छ। गोदावारी आमा समूहले आफ्नै पक्की भवनसमेत निर्माण गरिरहेको छ। पुन सोही भवनमा एकल रूपमा बसोबास गर्छिन्। गोदावारी आमा समूहले भर्जुलामा वृक्षरोपण, गाउँ सरसफाइलगायतका गतिविधिसमेत गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी क्षेत्रको प्रतिक्रिया : बजेटले निजीक्षेत्र समेटेको छ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२

सरकारले पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ दर्शनका लागि यातायात संचालन गर्ने

  काठमाडौँ । नेपालको धार्मिक पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा नेपाल–भारत सीमा

मदिरा, वियर, सूर्ति र चुरोटमा कर बृद्धि, आलु, प्याज र स्याउमा लगाइएको कर खारेज

काठमाडौं । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ ।

प्रचण्ड पत्नी सीताका नाममा कलेज बनाउन बजेट विनियोजन

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वर्गीय पत्नी सीता दाहालको नाउँमा ‘सीता दाहाल