ट्याक्टर दुर्घटनामा कैलालीमा दुई जनाको मृत्यु



धनगढी । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गएराति से१च ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी अन्य २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

अन्य घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ । चालक भजनीका सुरज चौधरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट दायर, विश्वासको मत असंवैधानिक भएको जिकिर

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक

स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीले पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्गको बेहाल

गण्डकी । पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति

खोटाङका अग्निपीडितलाई शिक्षकको सहयोग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई १ लाख ७६ हजार रुपैयाँ