अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने ६ जना पक्राउ



काठमाडौं । अपहरणमा परेको भन्दै झुक्याएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मंगलबार काठमाडौंको नैकापमा केही व्यक्ति अपहरणमा परेको भन्दै सूचना आएको थियो । तर, अपहरणमा परेका भनिएका व्यक्तिहरुले नाटक गरेको भेटिएको प्रहरीले जनाएको छ ।

अपहरणको नाटक गरेको आरोपमा काठमाडौंको चन्द्रगिरी नगरपालिका–१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवनको भण्डारा राप्ती–५ घर काठमाडौंको नैकाप बस्ने ३३ वर्षीय दिलीप विक, सर्लाहीको बर्हथवा–६ घर भइ काठमाडौंको बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेको खानीखोला–१ घर भएका ४२ वर्षीय जगत बहादुर भोलान, काभ्रेको बनेपा–६ घर भएका ५३ वर्षीय कान्छामान जिम्बा र धादिङको थाक्रे गाउँपालिका–५ घर भइ काठमाडौंको कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा पक्राउ परेका छन् ।

अनुसन्धानका क्रममा उनीहरुले लेनदेनको विषयलाई लिएर अपहरणको नाटक गरेको देखिएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीमा आगलागीबाट दुई घर र दुई फार्म जलेर नष्ट

बरहथवा (सर्लाही) सर्लाही जिल्लाका दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना

गण्डकी गाउँपालिकामा ‘अशक्तको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा

सहकारीमा डुबेको आमनागरिकको ४९ अर्ब फिर्ता होला ?

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि