गण्डकी गाउँपालिकामा ‘अशक्तको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’



गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ ।

उक्त पालिकाको स्वास्थ्य शाखाप्रमुख कुमार सुनारका अनुसार अशक्त, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक उपचारका लागि नियमित रूपमा स्वास्थ्य संस्था पुग्न कठिन हुने भएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममार्फत गाउँपालिकाले उपलब्ध गराउँदै आएको नियमित स्वास्थ्य जाँचको सुविधाले पालिकाभित्रका दीर्घरोगीको समयमा समस्याको पहिचान हुने र सम्भावित जोखिम घटाउन सजिलो भएको छ ।

घरघरमा स्वास्थ्य परीक्षण गर्न पुग्ने स्वास्थ्यकर्मीले उच्च रक्तचाप, मधुमेहलगायत समस्याबाट पीडित भएकाको परीक्षणका गर्नुका साथै दीर्घरोगीको स्वस्थ्य अवस्थाबारेमा जानकारी लिने गरेका छन् । गाउँपालिकाले प्रत्येक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य एकाइबाट चिकित्सकबाट उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सोलुखुम्बुमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

  सल्लेरी (सोलुखुम्बु) ।  हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

पर्सा पूर्ण खोप युक्त जिल्ला घोषणा

  वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ  ।