गेष्टहाउसबाट १ सय २० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ


काठमाडौँ । सशस्त्र प्रहरीले गएराति १ सय २० ग्राम ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सुचनाको आधारमा एपिएफ इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौ महानगरपालिका –३२ स्थित बिश्राम गेष्टहाउसको कोठा नम्बर ६ बाट पाँचथर को फालेलुङ–५ का सुन्दर राई र वर्ष ४२ की रविना राईलाई बेचविखन गरिएको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट बरामद ब्राउन सुगर, मोबाइल २ थान र ४५ सय ५० रुपैयाँ समेत बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।