आइएफआरसीका महासचिव चापागाईँ काठमाडौंमा



काठमाडौं । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं चारदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उनलाई शनिबार आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले स्वागत गरे ।

सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेशल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रुपमा महासचिव पदमा चयन गरेको थियो ।

सन् २०२० फेब्रुअरी १ देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उनले यसअघि सन् २०२२ फेब्रुअरी १ मा नेपालको भ्रमण गरेका थिए । आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुन् ।

महासचिव चापागाइँले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि विश्वव्यापि सहयोग निरन्तर जारी रहेको बताए ।

“विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आतकालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि सङ्कटासन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरुको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ”, उनले भने । आइएफआरसी मानवीय सेवाका क्षेत्रमा कार्यरत सर्वाेच्च परोपकारी संस्था हो ।

भ्रमणका क्रममा महासचिव चापागाईंले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिने काठमाडौंस्थित आइएफआरसीले जनाएको छ ।

उनी आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।

साथै आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा चापागाईँले राजनीतिक नेतृत्वसँग समसामयिक विषयमा छलफलसमेत गर्ने बताइएको छ ।

आइएफआरसीले आफ्नो कार्यादेशअनुसार प्राकृतिक तथा मानव सिर्जित र जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणमा निरन्तर मानवीय सहायता पुर्याउने गर्दछ ।

कोभिड–१९ बाट उत्पन्न विश्वव्यापि आर्थिक मन्दिका बाबाजुद पनि महासचिव चापागाईँले सङ्कटासन्न समुदायलाई मानवीय सहायता पुर्याउन निर्वाह गरेका कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ ।

विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । स्वीट्जरल्याण्डको जेनेभामा सचिवालय रहेको आइएफआरसीमा करिब एक करोड ५० लाख स्वयंसेवक सङ्गठित रहनुका साथै यसले सदस्य देशलाई स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापमा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट सप्तरीमा एउटा बस्ती नै सखाप(फोटोफिचर)

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ । आगलागीबाट एक

कतारबाट कसैको २५ ग्राम सुन ल्याइदिएका सितेन्द जब अपहरणमा परे…

काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किँदा अर्काले पठाएको सुन बोकेका एक युवक कल्पनै

प्रधानमन्त्रीद्वारा मध्यपश्चिममा गौतम र पूर्वाञ्चलको उपकुलपतिमा थपलिया नियुक्त

काठमाडौँ । सरकारले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।