कतारबाट कसैको २५ ग्राम सुन ल्याइदिएका सितेन्द जब अपहरणमा परे…



काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किँदा अर्काले पठाएको सुन बोकेका एक युवक कल्पनै नगरेको समस्यामा परेका छन् । प्रहरीले खोजी गरेर उनको उद्धार गरेपछि घटना बाहिर आएको हो ।

कतारबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका सप्तरीको राजविराज–१३ का सितेन्द्र यादव अपहरणको घटनामा परेका हुन् । घर फर्कन लाग्दा उनलाई कतारमा बस्ने मनसुर अलीले २५ ग्राम सुन दिई काठमाडौं अवतरणपछि आफ्नो भतिज अजिम अलीलाई दिनु भनेका थिए । प्रहरीका अनुसार आफूलाई दिएको नम्बरमा काठमाडौं अवतरणलगत्तै सितेन्द्रले फोन गरे । फोन रिसिभ गर्ने व्यक्ति आए र सुन लिएर गए । तर, त्यो सुन लिन नजिम पुगेका थिएनन् ।

अजिमले सितेन्द्रलाई नियन्त्रणमा लिए र सिनामंगलस्थित आफू बस्ने डेरामा जबर्जस्ती ल्याए । बन्धक बनाए, कुटपिट गरे । उक्त सुनबापतको ४ लाख ८० हजार माग गरे । सितेन्द्रका साथमा भएको राहदानी र नगद १७ हजार ७ सय ४० रुपैयाँ खोसे ।

अजिमले सितेन्द्रकी श्रीमतीलाई फोन गरेर ४ लाख ८० हजार दिए मात्र छाड्ने धम्की दिए । यादव परिवार आत्तियो । उनीहरुले प्रहरीलाई खबर गरे । त्यसलगत्तै प्रहरी सक्रिय भयो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान सितेन्द्रलाई सिनामंगलबाट उद्धार गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ । तर अहिले पनि सुन कसले लग्यो भन्ने प्रहरीले पत्ता लगाइसकेको छैन। यस विषयमा पनि अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१० महिनामा पाँच हजारभन्दा बढी डढेलोका घटना, सबैभन्दा बढी वैशाखमा

काठमाडौँ । करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक हुने भएको छ । बिहीबार

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ र भाल्चे सबस्टेसन संचालनमा

काठमाडौं । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित