धनुषामा एक सय १० मिटर ब्याज पीडितको समस्या समाधान



धनुषा । धनुषामा मिटर ब्याज पीडितका समस्या समाधान गर्नका लागि गठित छानबिन समितिले हालसम्म एक सय १० जनाको समस्या समाधान गरेको छ ।

धनुषामा मिटर ब्याजीको समस्यामा परेका पीडितले दिएको निवेदनमाथि छानबिनका लागि गठित पाँच सदस्यीय समितिले हालसम्म एक सय १० वटा समस्याको समाधान गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजीको समस्यासम्बन्धी दुई सय ९८ वटा उजुरी परेको छ ।

परेका उजुरीमाथि छानबिन गरेर पीडित तथा पीडक पक्षलाई बोलाएर छलफलपछि सहमति गराउने तथा पीडकले बनाएका कागज फाड्न लगाउने काम भइरहेको प्रजिअ दाहालले जानकारी दिए ।

दुवै पक्षलाई बोलाएर छलफल र सहमति गराउने काम भइरहेकाले समस्याको समाधान हुने गरेको छ । उजुरीका आधारमा मिटर ब्याजीको आरोप लागेका ऋण दिने धनी तथा पीडितलाई बोलाएर छलफल गराउने काम जिल्ला प्रशासन कार्यालय धनुषाले नियमितरूपमा गर्ने गरेको छ ।

यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयका अन्य कर्मचारी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारी परिचालन गरिएको प्रजिअ दाहालले बताए ।

मिटर ब्याजका कारणले कतिपयको उठीबासको अवस्था आएपछि नेपाल सरकारले छानबिन समिति बनाएको र सो समितिले समस्या समाधानका लागि प्रतिवेदन दिएपछि अहिले जिल्ला जिल्लामा छानबिन भइरहेको छ ।

मिल्न नसक्ने र धेरै जालसाजी गर्नेमाथि कारबाही गर्ने पक्षमा जिल्ला प्रशासन कार्यालय धनुषा रहेको प्रजिअ दाहालले बताए । कतिपय मिटर ब्याजी उजुरी परेपछि आफैँ सहजरूपमा प्रस्तुत भएका छन् भने समस्या समाधानका लागि सहयोग गरेको छानबिनमा खटिएका समितिका कर्मचारीले जनाएका छन् ।

धनुषामा साहु महाजनसँग ऋण लिएर वैदेशिक रोजगारी, उपचार तथा छोरीको विवाहमा खर्च गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

  भेरीगङ्गा (सुर्खेत) ।  दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

संसद्को अवहेलनामा गृहमन्त्रीलाई कारबाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को

सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक नाढिमन ताल गौचरनमा परिणत

बरहथवा (सर्लाही) । सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ

‘अन्हार घरमे डिबिआ’ शब्दचित्रको आवरण अनावरण

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा मैथिली भाषामा लिखित थप एक पुस्तकको आवरण अनावरण