‘अन्हार घरमे डिबिआ’ शब्दचित्रको आवरण अनावरण



जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा मैथिली भाषामा लिखित थप एक पुस्तकको आवरण अनावरण गरिएको छ । मैथिली भाषाका अभियानी विशेष व्यक्तित्वहरुको उपस्थितिमा एक समारोहकाबीच उनको १६ औं कृति ‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रको आवरण अनावरण गरिएको हो ।

मधेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सांसद रामसरोज यादव, संविधानसभा सदस्य डा. विजय कुमार सिंहले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । समाजमा हाल देखिने गरेको नाकारात्मकता मात्रको भीडमा केही भएपनि सकारात्मकता चित्रण गर्ने काम पुस्तकमा गरिएको बताएको छ । पत्रकारितामा पनि खाली नकारात्मक समाचारहरु मात्र देखिन्छ, त्यसै भित्रबाट सकारात्मक कुराहरु निकाल्ने प्रयास पुस्तकमा गरिएको छ ।
समारोहमा प्रमुख अतिथिको आसनवाट बोल्दै पूर्व मन्त्री रामसरोज यादवले प्रदेश सरकार मैथिली भाषा, साहित्यको विकासका लागि केही नगरेको आरोप लगाए । प्रदेश बजेटमा बैद्धिक क्षेत्रको विकासमा सून्य योगदान रहेको चर्चा गर्दै उनले भने – प्रदेशको भाषा बनाउनका लागि आफू संसदमा पनि कयौ चोटी उठाइ सकेको तर राज्य उदासिन छन् ।

पत्रकार सुजीतको पुस्तकले आफू पनि प्रतिक्षा रहेको उनले बताए । आवरणमा लेखिएको ‘अन्हार घरमे डिबिया’ यो ३ शब्दले ठूलो सन्देश बोकेको कार्यक्रमका प्रमुख अतिथि यादवले बताए । उनले यी ३ शब्दलाई समाजमा पछाडि पारिएका, सिमान्तकृत समुदाय तथा अवसरबाट बञ्चितहरुलाई अगाडी बढाउनु आवश्यक रहेको अथ्र्याएको बताए ।

संविधानसभा सदस्य डा. विजय कुमार सिंहले मैथिली पुस्तक प्रकाशनका लागि स्थानीय स्तरमा कोष बनाउनु पर्ने आवश्यकता माथि जोड दिए । उनले स्थानीय सरकार र प्रदेश सरकारलाई भाषाको विकासमा योगदान गर्न दबाब दिनु पर्नेमा जोड दिए ।

लेखक झाले मैथिली साहित्यमा कम समयमै ठूलो गुण लगाएकोमा प्रशंसा व्यक्त गरे । पत्रकार झाको यसअघि १५ वटा पुस्तक प्रकाशित भइसकेका छन् । ६ वटा अनुवाद पुस्तकका साथै अन्य ९ वटा साहित्यिक पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

वालकथा संग्रह ‘कोइली घूरि आउ’, ‘तितलीसंग दोस लगाएब’, कथा संग्रह ‘चिड़ै’, ‘जिद्दी’, ‘बुलबुल’, ‘खजुरीबाली’, ‘गन्ध’, रिपोताजहरुको संग्रह ‘रिपोटर डायरी’का साथै अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’ रहेको छ ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो समारोहमा साहित्यकार रोशन जनकपुरी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्ण, मधेश मिडिया प्राधिकारणका अध्यक्ष श्यामसुन्दर यादव, मैथिली विभागका पूर्व प्रमुख परमेश्वर कापडि, पूर्व डिइ रत्नेश्वरलाल कर्ण, पर्यावरण अभियानी सुरेश शर्मा, कोषका सदस्य सचिव श्यामसुन्दर शशी, लेखक सुजीतकुमार झा, एनप्याब्सन जनकपुरधामका अध्यक्ष दीपक ठाकुर, सुधीरचन्द्र आचार्य लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यार्सागुम्वा सङ्कलनका लागि फोक्सुण्डोतर्फ जाँदै स्थानीयवासी

यार्सागुम्वा सङ्कलनका लागि डोल्पाको जगदुल्ला गाउँपालिका–४ कागमारा हिमाल (पाटन) पार गरेर फोक्सुण्डोतर्फ घोडासहित

बालबालिका लक्षित पुस्तक ‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण

  काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलगङ्गा आँखा प्रतिष्ठानकी

अभियन्ता हौं भन्दै गैरकानुनी रुपमा संस्था खोली ठगी गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं । प्रहरीले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने चार जनालाई ठगीको आरोपमा पक्राउ गरेको

डेढ वर्षमा सूर्यविनायक–धुलिखेल सडक विस्तारको २५ प्रतिशत प्रगति

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको