अमलटारीबाट जङ्गल सफारीको अनुमतिले पर्यटन व्यवसायी उत्साहित



नवलपुर । पूर्वी नवलपरासीकोे अमलटारीबाट जङ्गल सफारीका लागि निकुञ्जले प्रवेश अनुमति दिएपछि अमलटारी आसपासका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले माघ ११ गते निर्णय गरेर सबै होटल र व्यवसायीले पर्यटकका लागि अमलटारी पोष्टबाट समेत निकुञ्ज प्रवेशको अनुमति दिएको हो । यसअघि होटल टेम्पल टाइगर र थारू भिलेजले मात्रै अमलटारी क्षेत्रबाट निकुञ्जमा सफारीका लागि प्रवेशको अनुमति पाएका थिए ।

पूर्वी नवलपरासीकोे अमलटारी क्षेत्रबाट निकुञ्जमा सफारीका लागि प्रवेश अनुमति खुलेसँगै यस क्षेत्रमा सञ्चालन हुँदै आएका होमस्टे, होटल तथा पर्यटन व्यवसायीमा भने उत्साह बढेको छ ।

निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरूमा मात्रै जङ्गल सफारी सञ्चालन गरेका होमस्टे तथा होटल व्यवसायीहरू निकुञ्जको अनुमतिले यस क्षेत्रको आर्थिक तथा पर्यटन विकासमा ठूलो सहयोग हुने अपेक्षा गरेका छन् ।

आर्थिकरूपमा होटल व्यवसायीहरू समस्यामा परेको बेला निकुञ्जले अनुमति दिएर पर्यटन तथा होटल व्यवसायीलाई ठूलो राहत दिएको होटल व्यवसायी सङ्घ पूर्वी नवलपरासीका अध्यक्ष सन्तोष रानाले बताए ।

“यसले नवलपुरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउन ठूलो सहयोग गर्छ सँगै पछिल्लो समय आर्थिकरूपले समस्यामा परेका होटल व्यवसायीहरूलाई ठूलो राहत दिने आशा पलाएको छ”, रानाले भने ।

घाँसेमैदान र आहाल खेल्ने स्थान धेरै रहेकाले वन्यजन्तुको ओहोरदोहोर अमलटारी क्षेत्रमा धेरै हुने भएकाले अमलटारीबाट जङ्गल सफारीका लागि निकुञ्ज प्रवेश गर्दा पर्यटकले धेरै वन्यजन्तु देख्न सक्ने अमलटारी होमस्टेका संस्थापक तथा कावासोती नगरपालिकाका पूर्वउपप्रमुख प्रेमशङ्कर मर्दनिया बताउँछन् ।

“पूर्वी नवलपरासीका अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु हुने कुराले यस क्षेत्रका पर्यटन तथा होटल व्यवसायीहरूमा उत्साह मात्रै थपेको छैन, यसले आगामी दिनमा अमलटारी आसपासका पर्यटन तथा होटल व्यवसायीलाई आर्थिकरूपमा बलियो बनाउन ठूलो सहयोग गर्छ”, मर्दनियाले भने ।

आर्थिक तथा पर्यटन विकास मात्र नभएर जैविक पर्यापर्यटनका गतिविधि बढ्नाले यसले संरक्षणको क्षेत्रमा थप टेवा पुर्याउने उनको भनाइ थियो ।

अमलटारीबाट चितवन राष्ट्रिय निकुञ्जभित्रको गैँडाखासा, अमलटारी हुँदै देवीताल, अमलटारी हुँदै टाइगर टप्सको रुट र गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्ने अनुमति दिइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

सबै पर्यटन व्यवसायीबाट संयुक्तरूपमा निवेदन आएकाले सबैलाई सहज हुने गरी अनुमति दिइएको चितवन निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए । उनका अनुसार प्रतिदिन पाँच जिप निकुञ्ज प्रवेश गर्न पाउने तथा एउटा जिपमा १० जना पर्यटक घुम्न जान सक्नेछन् ।

निकुञ्ज प्रवेशका लागि नेपालीले एक सय ५०, सार्क क्षेत्रका पर्यटकले एक हजार र अन्य देशका हरेकले दुई हजार तथा हरेक जिपले एकपल्ट निकुञ्ज क्षेत्र प्रवेश गर्दा पाँच हजार शुल्क निकुञ्जमा बुझाउनुपर्ने तिवारीले जानकारी दिए । यसअघि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारीका लागि चितवनबाट मात्रै प्रवेश दिने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुलुगाई मारेको आरोपमा मनाङमा तीन पक्राउ

मनाङ । मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सर्लाहीमा आगलागीबाट दुई घर र दुई फार्म जलेर नष्ट

बरहथवा (सर्लाही) सर्लाही जिल्लाका दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना

गण्डकी गाउँपालिकामा ‘अशक्तको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा