आफ्नो कार्यालय परिसरको फोहोरमैला ३५ दिनभित्र आफैं व्यवस्थापन नगरे कारबाही गर्ने महानगरको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोरमैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न आग्रह गरेको छ ।

महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेर थुप्रिएको फोहोर मैला महानगरले ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न आग्रह हो ।

बुधबार सूचना जारी गर्दै कार्यालय परिसरलाई नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले त्यस स्थान मात्र नभई सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको उल्लेख गरेको छ ।

जारी सूचनामा भनिएको छ,‘ फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य हो । फोहोर मैला व्यवस्थापन ऐन, २०६८ तथा ऐ। नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर मैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा