साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सापटीको नाममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालसहित घुस दिने बीबी एयरवेजका कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अख्तियारले आइतबार उपसचिव नेपालसहित कार्यकारी अधिकृत श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । प्याराग्लाइडिङ सञ्चालन गर्ने अनुमति दिने प्रयोजनका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । अख्तियारको टोलीले उनको कारको खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।

कारमा भेटिएको उक्त रकम नेपालले श्रेष्ठसँग सापटी लिएको बयान दिएका थिए । त्यसका आधारमा थप अनुसन्धान गर्दा श्रेष्ठले नेपाललाई घुसबापत उक्त रकम दिएको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले बीबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई पनि मतियार बनाएर मुद्दा दर्ता गरेको हो । उपसचिव नेपाललाई इजाजत नवीकरण सम्बन्धी कार्यसम्पादन गरेको भन्दै १६ लाख ५० हजार रुपैयाँ सापटी दिएर मतियारको भूमिका निर्वाह गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ