मोरङ कारागारका कैदीबीच भएको झडपमा ६ जना घाइते



विराटनगर । मोरङ कारागारका कैदीबन्दीहरु कारागारका चौकीदार र नाइकेविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मङ्गलबार बिहान चौकीदार किरण गुरुङसहित १४ जनालाई जेलभित्रकै एउटा कोठामा थुनिदिएर आन्दोलन गरेका हुन् ।

त्यसअघि चौकीदार समूह र अन्य कैदीबन्दीबीच विवाद हुँदा केहीबेर झडपसमेत भएको थियो । झडपमाा परी चौकीदार गुरुङसहित उनका समूहका ६ जना नाइके र भाइनाइकेहरु घाइते भएका कारागार प्रशासनले जानकारी दिएको छ ।

कारागारभित्र चौकिदार किरण गुरुङले अनावश्यकरुपमा कैदीबन्दीहरुलाई यातना दिने, आर्थिक शोषण गर्ने जस्ता काम गरेपछि विरोध गर्नुपरेको कैदीबन्दीहरुले बताएका छन् ।

चौकीदार गुरूङ, नाइके र भाइ नाइकेहरूको अत्यचार सहन नसकेपछि पदमकुमार लिम्बू, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, किरण गुरुङ, शेखर राई, विशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई यहाँका अन्य कैदीबन्दीले एउटा कोठामा थुनिदिएका थिए ।

काराागारभित्र दुई पक्षबीच दोहोरो झडप हुँदा छ जना कैदीबन्दी घाइते भएका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइतेहरु सबैलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको छ । थुनिएका कैदीहरुलाई प्रहरीले कारागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना