वैशाखयताका विपद्जन्य घटनामा परी ३५३ जनाको मृत्यु, ८० बेपत्ता



काठमाडौं । यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् ।

सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ । भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महमारीबाट सात जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका ८० मध्ये पहिरामा ४२ र बाढीमा ३७ जना परेका छन् ।

प्राधिकरणका अनुसार उक्त अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका छन् । कूल एक हजार २८४ जना घाइते भएको विवरण छ । कूल तीन हजार ४४३ घर परिवार प्रभावित भएका छन् भने रु एक अर्ब बढीको क्षति भएको छ । पछिल्लो वर्षाका कारण मात्रै १११ जनाले ज्यान गुमाएका छन् भने ३५ बेपत्ता रहेका छन् । मनसुनको अवधिमा १३६ जनाले ज्यान गुमाएका थिए । यसपाली बेमौसमको वर्षाले झन ठूलो क्षति गराएको छ ।

मनसुनको समयमा समेत १५ प्रतिशत बढी पानी परेको थियो । अहिलेको वर्षाले भने लगाएको धानखेतीमा ठूलो क्षति गराएको छ । सबै क्षतिको विवरण सङ्कलनको क्रममै रहेको गृह मन्त्रालयले जनाएको छ ।
बाढी र पहिरोका कारण पाँचथरमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो ।

यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयवासीको ज्यान गएको हो । बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिराले पुरिएर बेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र पहिरामा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् । जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरामा परी बेपत्ता छन् ।

बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन् । इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए । पहिरो झरेपछि भाग्ने क्रममा पहिराले पुर्दा बेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

बाढी र पहिरामा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

  किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

त्रिशूलीसहित ५ नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

मुग्लिन, (चितवन) । नेपालका त्रिशुलीसहित ५ वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको

अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल(फोटोफिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर

बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

भोजपुर । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा