जीप दुर्घटनामा परी उदयपुरमा एक जनाको मृत्यु, तीन घाइते



उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नम्बको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा कटारी नगरपालिका–१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली–४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली–४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

शनिबार बेलुकी ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो जीप सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए ।

घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीन जनालाई कटारी अस्पतालमा लगेर उपचार गराउन शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौँ । रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँमा

चलचित्र ‘माइतीघर’का अभिनेता सिपी लोहनीको निधन

  काठमाडौँ ।  निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको

डढेलो तथा आगलागी प्रभावितको सहायतामा खटिन माओवादीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले डढेलो एवं आगलागीलगायत विपद्का घटनाबाट प्रभावित

कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु

  मान्म (कालीकोट) । कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ