कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु



 

मान्म (कालीकोट) । कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २०७७/७८, ७८/७९, ७९/८०, र चालु आवको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये कालीकोट आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति हुने जिल्लामा परेको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये आगलागीबाट कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा छ÷छ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई÷दुई जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क रहेको छ ।

कालीकोटमा २०७७/७८, ०७८/०७९, ०७९/८०, र चालु आवको चैत मसान्तसम्म करिब ४५ ठाउँमा आगलागी भएको छ । आगलागीबाट ३१ वटा घर जलेर पूर्णरुपमा क्षति हुनका साथै १३ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क रहेको छ । जिल्लामा हालसम्म आगलागीबाट ७७ वटा पशुचौपाया मरेका छन् भने दर्जनौँको सङ्ख्यामा घाइते छन् ।

आगोले जङ्गलमा रहेका बोटबिरुवा जल्नुका साथै मृग, पशुपक्षी मर्ने गरेको, आगलागीबाट धनजनको क्षति हुँदासम्म नागरिक अझै सचेत नभएको र सरकारले आगलागी गर्नेलाई कानुनी दायरामा ल्याउन नसकेको अधिवक्ता अम्मल राजले बताए ।

“पहाडी जिल्लामा आगो तत्काल नियन्त्रण गर्न स्थानीय सरकारले कुनै पनि संयन्त्रको विकास गरेको छैन । स्थानीय सरकार गैरजिम्मेवार हुनुले आगलागी पीडितहरु मर्कामा परेका छन्”, उनले भने, “वनमा स्थानीयले जानीजानी आगो लगाउने गरेको पाइएको छ । बाक्लो घाँस पलाउने लोभले आगो लगाउँदा वन विनाश हुँदै गएको हो । कानुनी दायरामा नल्याउँदा आगलागीका घटना बढ्दै गएका छन् ।”

यस्तै, गत चैत २ गते बाख्रा चराउन गएका कालीकोटको खाँडाचक्र–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षका नन्दराम चौलागाईं र उहाँकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो । उनका ४५ वटा बाख्रा जलेर मरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘हेल्मेट डाँडा’लाई पर्यटकीय गन्तव्य बनाइँदै

कास्की। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका-३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी

सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक : एमाले

काठमाडौँ । सत्तारुढ नेकपा नेताहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनले