फर्निचर उद्योगमा आगलागी हुँदा ४५ लाख रुपैयाँ बराबरको क्षति



चितवन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट करीब ४५ लाख रुपैयाँ बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए । राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना