कितावखानाका चालक र क्यान्टिन संचालक ५२ हजार घुससहित पक्राउ



काठमाडौं । राष्ट्रिय कितावखाना (शिक्षक), म्युजियम मार्ग छाउनीका हलुका सवारी चालक सुरेश नेपाल र किताबखानामा क्यान्टिन संचालन गर्ने सुदर्शन न्यौपाने ५२ हजार घुससहित पक्राउ परेका छन् ।

अवकास पश्चात पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ५२ हजार रुपैयाँ घुस लिएका उनीहरुलाई पक्राउ गरेको हो ।

रकम लिई सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा उक्त रकमसहित दुवै जनालाई कार्यालय परिसरको क्वाटरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिशूलीसहित ५ नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

मुग्लिन, (चितवन) । नेपालका त्रिशुलीसहित ५ वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको

अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल(फोटोफिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर

बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

भोजपुर । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा

भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचान गरिने

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आकलन र स्थायी आवास लाभग्राही पहिचानको