यस्तो छ वीरेन्द्रको निजी निवास ‘श्री सदन’(फोटोफिचर)



काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि खुल्ला गरिएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गरेका हुन् ।

योसँगै आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालयले जनाएको छ । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्ने गर्दथे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द थियो ।

२०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भएपनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो । ‘श्री सदन’ अवलोकनका लागि खुल्ला गर्दै मन्त्री भट्टराईले ‘श्री सदन’ सर्वसाधारणको अवलोकनका लागि खोलिनु महत्वपूर्ण भएको बताए । २०२३ सालमा बनेको ‘श्री सदन’ तीन तले भवनमा १२ वटा कोठा छन् ।

भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो । सदनको मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी राखिएको छ ।

यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ । त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ