बलात्कार घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्च पक्राउ



सिरहा । करणीको घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले आइतबार पक्राउ गरेको छ । गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका­१ मा भएको करणी घटनालाई पाँच लाख जरिबाना तोकेर मिलापत्र गराउने गाउँका आठ जना पञ्चलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए ।

स्थानीय एक किशोरीलाई सोही ठाउँका २० वर्षीय मुकेशकुमार साहले घरमा पसेर गरेको करणी घटनालाई गाउँमै मिलापत्र गराएको आरोपमा बिष्णुपुर गाउँपालिका­ १ बिष्णुपुर निवासी ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

किशोरीलाई बलात्कार गरेको भन्दै रीस आवेगमा आएर किशोरीका भाइले ती युवकलाई कुटपिट गरी घाइते बनाएपछि सो घटना बाहिर आएको हो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरुले स्थानीय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी विराटनगरस्थित विराट नर्सिङ होममा लगी उपचार गराइएको थियो ।

सो घटना गाउँघरमै मिलाउन भनी गाउँमा नै पञ्चायत बसी पीडकको आफन्तलाई गराइएको तमसुक कागज स्थानीय जगविर यादवको घरबाट बरामद् भएको प्रनाउ पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातको समयमा बिपी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक

  काभ्रे । गत असोज दोस्रो साता बाढीपहहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा

अर्घाखाँची दुर्घटना अपडेटः दुईजनाको मृत्यु, १८ घाइते

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

राजविराज । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको

बस दुर्घटना हुँदा अर्घाखाँचीमा एकको मृत्यु, आठ घाइते

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको मृत्य र आठ