त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता



राजविराज । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु र एकजना बेपत्ता भएका छन् ।

स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदायकुमार रायले जानकारी दिए ।

उनका अनुसार कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता रहेको छन् । बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त

अछाम । नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको

विवाहपञ्चमीमा जन्तीको स्वागतका लागि यसरी सजाइयो मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर

भारतको अयोध्याबाट विवाह पञ्चमीका लागि आज आउने जन्तीको स्वागतका लागि फूलमालाले सजाइएको महोत्तरीको

सशस्त्र प्रहरीद्वारा  चार महिनाको अवधिमा पर्सामा १५ करोड १८ लाख बराबरको सामान बरामद

वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध

ताप्लेजुङको सिरिजङ्घा–३ मा एमालेकी सावादेन निर्वाचित

  फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का