कान्छालालको उपचारका लागि ४ लाख ६७ हजार रुपैयाँ संकलन



काठमाडौं । बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भई उपचाररत कान्छालाल योञ्जनको सहयोगार्थ आर्थिक सहयोग जुटेको छ।

काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–३ स्थित् सोलिघोप्टेका १२ वर्षीय योञ्जनको उपचारको लागि ४ लाख रुपैयाँ बढी सहयोग रकम संकलन भएको छ । गत साउन २७ गते बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट ४ लाख ६७ हजार ९ सय ३५ रुपैँया संकलन गरी हस्तान्तरण गरेको हो ।

कपाका युवा नेता तथा नेपाल तामाङ विद्यार्थी घेदुङको केन्द्रीय सदस्य अमृत योञ्जनको संयोजकत्व तथा विशेष पहलमा मलेसिया, जापान, साउदी अरब, लेवलान, टर्की, दुवईलगाएत विभिन्न संघ÷संस्थाबाट कान्छालालको उपचारका लागि रकम संलकन भएको थियो । समाजसेवी योञ्जनले समाजिक सञ्जालमार्फत् सहयोगको लागि अपिल गरे पश्चात् देश तथा विदेशबाट सहयोग जुटेको थियो ।

उपचाररत कान्छालालको टाउको र खुट्टाको अप्रेसन भएपनि पुर्ण रुपमा ठिक नभई अस्पतालले पुनः अप्रेसन गर्नुपर्ने जनाएपछि आर्थिक समस्याको कारण थप अप्रेसन रोकिएकाले सहयोग रकम संकलन गरिएको समाजसेवी योञ्जनले बताए ।

सहयोग रकम पुर्व कानुन मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य शेरबहादुर तामाङ, संघीय सांसद गंगा बहादुर दोङ ‘बमध्वज’, वागमती प्रदेशका प्रदेश सभा सदस्य रत्न ढकाल, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’, नेपाल तामाङ घेदुङका संघीय कोषाध्यक्ष रुप बहादुर योञ्जन, आदिवासी जनजाति महासंघ केन्द्रिय सदस्य लप्साङ लामा र तामाङ विद्यार्थी घेदुङका संघीय कार्यसमिति अध्यक्ष दिनेश लोले फरक–फरक समयमा नेपाल नेशनल अस्पातलमा पुगेर हस्तान्तरण गरिएको समाजसेवी योञ्जनले जानकारी दिए ।

कान्छालालको उपचारको लागि मलेसियाबाट विजय थिङ, राकेश लामा र पाल्देन थिङ, जापानबाट रुस्मि घलान, साउदी अरबबाट संगम वाईबा लगायतको पहलमा रकम संकलन गरेको थियो । त्यसैगरी विदेशमा रहेका नेपालीहरुले व्यक्तिगत रुपमा पनि सहयोग गरेको थियो ।
त्यस्तै, गाउँमा संकलन भएको केही रकम आउन बाँकी रहेको उनको भनाई छ । समाजसेवी योञ्जनले विभिन्न देशबाट अभियानमा साथ दिई सहयोगी हातहरुलाई आभार तथा धन्यवाद व्यक्त गर्दै आगामी दिन पनि आफुले सकेको पहल गर्ने प्रतिवद्धता व्यक्र गरे ।

कान्छालालको दोस्रो अप्रेसनपछि स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएसँगै गत असोज १ गते अस्पतालबाट डिस्चार्ज भएको छ ।
यसैगरी, कान्छालालको उपचारको लागि देश तथा विदेशमा रहेका नेपालीहरुबाट व्यक्तिगत सहयोग भएसँगै जनप्रतिनिधि तथा संघरसंस्थाले पनि सहयोग गरेका हुन् । महाभारत गाउँपलिकाका अध्यक्ष कान्छालाल जिम्बाले विरामीको उपचारको लागि संकलन रकम हस्तान्तरण गर्ने क्रममा व्यक्तिगत तर्फबाट रु.पाँच हजार सहयोग गरेका थिए।

त्यस्तै नेपाल तामाङ विद्यार्थी घेदुङबाट १२ हजार रुपैँया, म्हाबर कन्ट्रक्सन (सुजन लामा र तस्वीर मोक्तान)बाट ५ हजार रुपैँया, मेची–महाकाली बुहारी संयुक्त आवाज नेपाल (यमु शेर्पा र परिका आचार्य पहलमा)बाट २० हजार रुपैँया र म्हाबर यम्बु कोषबाट १६ हजार रुपैँया गरी ५८ हजार रुपैँया कान्छालालको उपचारको लागि आर्थिक सहयोग भएको अभियान संयोजक तथा समाजसेवी योञ्जनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३

आगलागीबाट सङ्खुवासभामा १९ लाख भन्दाबढीको क्षति

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट १९ लाख

मुख्यमन्त्री यादवद्वारा मटिहानीका आगलागी पीडितलाई छिट्टै राहत प्याकेज ल्याउने प्रतिवद्धता

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरीको मठिहानी नगरपालिका–६ जरलहवागाछीस्थित आगलागीपीडितका लागि

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक