आगलागीबाट सङ्खुवासभामा १९ लाख भन्दाबढीको क्षति



किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट १९ लाख बढीको क्षति भएको छ ।

शुक्रबार राति मकालु गाउँपालिका–५ खोकताक र चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा भएका आगलागीबाट १९ लाखको क्षति भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

शुक्रबार राति विद्युत् सट भई आगलागी हुँदा खोकताकमा स्थानीय भीमबहादुर तामाङ्को घर जल्दा ११ लाखभन्दा बढीको क्षति भएको मकालु–५ का वडाध्यक्ष योगराज राईले जानकारी दिए ।

आगलागीबाट तामाङको घरमा भएका सुनचादी, भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडासहितका सम्पूर्ण सामान नष्ट भएका र तामाङकी श्रीमती भीममाया तामाङ गम्भीर घाइते भएकी उनले बताए ।

त्यसैगरी चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा स्थानीय झलकबहादुर अधिकारीको घर जलेर आठ लाखभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । आगलागीबाट अधिकारीको घरमा भएका खाद्यान्न, लत्ताकपडासहित सम्पूर्ण सामान नष्ट भएको उनले बताए ।

केही दिनयता भएका आगलागीबाट मकालु गाउँपालिका–४ र वडा नं ५ मा चारवटा घर जलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातो मच्छिन्द्रनाथको रथारोहणपछिको हर्ष बढाइँ(फोटोफिचर)

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार रथारोहण गरिएको छ ।

मधेश प्रदेशमा आगलागीबाट १९ जनाको मृत्यु

जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ