बालिका बलात्कार गर्ने युवालाई १२ वर्षको जेल सजाय



कपिलवस्तु । कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद सैजाय सुनाइएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला भएको छ ।

जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लोकजङ्ग शाहको इजलासले यस्तो फैसला गरेको हो । करणीे मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई अदालतले उक्त सजाय तोकेको हो । अदालतका स्रेस्तेदार चिन्तामणि शर्माका अनुसार ती बालिकालाई बलात्कार गर्ने अन्य चार बालकलाई भने आठ वर्ष बालसुधार गृहमा राख्ने फैसला भएको छ ।

विसं २०७५ माघ र फागुनमा छुट्टाछुट्टै सयममा ती बालिकालाई छ जनाले ललाइफकाई जबर्जस्ती करणी गरेका थिए । बालिकाले डर त्रासका कारण त्यसबारे घरमा कसैलाई जानकारी दिएकी थिइनन् । घटनापछि बालिकाले तीन महिना चार दिनको गर्भ बोकेको कुरा स्वास्थ्य जाँचका क्रममा भेटिएको थियो ।

पीडितकी आमाले २०७६ वैशाख ११ गते आफ्नी छोरीलाई छ जनाले बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् । सोही आधारमा घटनाका मुख्य आरोपी श्रेष्ठ पक्राउ परेका थिए ।

बालिकालाई नगरपालिका–२ गोरुसिङ्गेस्थित रोयल खुस्बु होटलमा लगी बलात्कार गरिएको थियो । होटलका मालिक नगरपालिका–९ इमिलियाका युवराज भुसाल जैसीले बालिकालार्ई बलात्कार गरेका थिए । किटानी जाहेरी परेदेखि उनी फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ